मंसिर २१ – नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सहमतिका आधारमा प्रधानमन्त्री डा बाबुराम भट्टराई सरकारबाट हट्ने अवस्था नरहेकाले वर्तमान सरकार हटाउन आन्दोलन नै एक मात्र विकल्प रहेको बताएका छन् ।

अहिलेको अवस्थामा राजनीतिक समस्या समाधानका लागि १२ बुँदे सहमति पर्याप्त नरहेको समेत उनले बताए ।

क्रान्तिकारी पत्रकार सङ्घ सिन्धुलीले बुधबार बिहान सदरमुकाम सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गजुरेलले तत्कालीन समयभन्दा अहिलेको अवस्था फरक भइसकेको धारणा व्यक्त गरे ।

एमाओवादी अध्यक्षले गरेको १२ बुँदेको अस्तित्व समाप्त भइसकेकाले वर्तमान राजनीतिक समस्या समाधानका लागि राजनीतिक दलहरूबीच नयाँ सहमति कायम गरेर जानुपर्ने उनको सुझाव छ ।

उनले गोलमेच सम्मेलनबाट राजनीतिक समस्या समाधानका लागि नयाँ सहमति निकाल्न पनि आग्रह गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।