मङ्सिर २० – लमजुङ जिल्लाका एक वृद्धा आफ्नो पतिको किरियामा बसेकी छन् ।

सुन्दरबजार गाविस–९ तार्कुटार निवासी ६५ वर्षीया सीता अधिकारी आफ्ना श्रीमान्को किरिया बसेकी हुन् । गत बिहीबार उनका पति रामबहादुरको ७३ वर्षको उमेरमा मृत्यु भएको थियो । “आफ्नो कुनै पनि सन्तान नभएकाले खेताला खोजेर किरिया गराउनुभन्दा आफँैले पतिको किरिया गर्नु उचित सम्झेको छु”, उनको भनाई छ ।

त्यसो त पतिको अन्तिम संस्कार गर्दा पनि आफँैले दागबत्ती दिएकी थिइन् ।

सामान्यतया नेपाली समाजमा महिला किरियापुत्रीको रूपमा किरिया नबस्ने, दागबत्ती नदिने र मलामी नजाने परम्परा छ । गाउँलेका अनुसार आफ्ना कुनै सन्तान नभएपछि अधिकारी दम्पती पहिल्यै मृत्युपछि किरिया बस्ने मान्छेको विषयमा छलफल गथ्र्याे । “उनीहरूबीच छोराछोरी नभएकाले दुईमध्ये जसको पहिला मृत्यु हुन्छ उसको किरिया दोस्रोले गर्ने सल्लाह भएको रहेछ”, स्थानीयवासी परमेश्वर अधिकारीको भनार्इृ उदृत गर्दै राससले उल्लेख गरेको छ ।

यसअघि लमजुङकै तीन महिलाले आफ्ना पतिको किरिया बसिसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।