मङ्सिर १९– सरकार र एमाओवादीका अयोग्य पूर्व लडाकुहरूको संस्था बहिर्गमित जनमुक्ति सेना नेपालबीच भएको वार्ता स्थगित भएको छ ।

 आज अपराह्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा भएको वार्तामा सरकारको प्रस्तावमा लडाकुले असहमति जनाएपछि वार्ता स्थगित भएको हो ।

 शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा भएको सो वार्तामा सरकारले राखेका प्रस्तावमा सहमति हुन नसकेपछि वार्ता स्थगित भएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद पौडेलले जानकारी दिए ।

आज भएको वार्तामा कुनै सहमति नभई स्थगित भएको उनले बताए ।

उता बहिर्गमित जनमुक्ति सेना नेपाल, सङ्घर्ष समितिका संयोजक लेलिन विष्टले सरकारले राखेको प्रस्तावमा आफूहरूले सहमति गर्न नसक्ने भन्दै आन्दोलन जारी राख्ने बताए ।

सरकारले भनेका कुरामा सहमति हुन नसक्ने उनले बताए ।

 यही मङ्सिर १३ गतेदेखि विभिन्न १२ सूत्रीय माग राख्दै एनेकपा (माओवादी)को कार्यालय पेरिसडाँडामा पूर्व लडाकुहरूले धर्ना दिँदै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।