मंसिर १९ – झापामा अवस्थित शरणार्थी शिविरमा आगलागीबाट १ सय २० भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडांगीमा आज दिउँसो भिषण आगलागी भएको हो ।

प्रहरीले बेलडांगी दुई सेक्टर सि ४ बाट दिउँसो साढे एक बजेतिरबाट सुरु भएको आगोले त्यहाँका १ सय २० भन्दा बढी घर जलेर नष्ट भएका हुन् ।

उक्त आगलागी नियन्त्रण लिन दमक नगरपालिकाका दुई वटा दमकल खटाउनु परेको थियो । आगलागी पूर्ण क्षति विवरण भने आईसकेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।