मंसिर १८ – पत्याउँनु हुन्छ ? नौ वर्षीया बालिकाको एकै दिनको कमाइ ८० लाख हुन्छ ? कसरी पत्याउँनु हुन्छ ? नपत्याएर के गर्नु स्कटल्याण्डकी नौ वर्षीया बालिकाले ब्लग लेखेरै त्यत्ति रकम कमाउँछिन् ।

उनको नाम हो मार्था पियन । उनले विद्यालयमा दिइने दिवाखाजाको बारेमा लेखेको ब्लगबाट ठूलो रकम कमाउँन सफल थालेकी हुन् । विद्यालयमा दिइने खाजाको बारेमा ब्लग लेखेको भन्दै उनको ब्लग पटक पटक बन्द समेत गरिएको छ ।

दैनिक रुपमा ब्लग लेख्ने मार्थाको दैनिक आम्दानी करिब ८० लाख रुपयाँ छ । उनले विद्यालयमा दिइने दिवाखानाका बारेमा ब्लग लेख्ने गरेकी छन् । स्कुलमा दिइने खाजाको गुणस्तरका बारेमा ब्लगमा लेख्न थालेपछि पार्थाका ब्लगले आमसञ्चार माध्ययमा चर्चा पाउँन थालेलगत्तै उनको ब्लगमा प्रतिबन्ध लागेको हो ।

चर्को विरोध हुन थालेपछि भने उनका ब्गमा लागेका प्रतिबन्ध फुकुवा गरिएको छ ।  ब्लगमा लागेको प्रतिबन्धको तिब्र विरोध भएपछि उनले ब्लग लेख्न भने पाउँने भएकी छन् ।

ब्लगबाटै उनले गरिब अथवा विकासशील देशका चार हजार बालबालिकाका लागि खाजा खुवाउन आग्रह गर्दै ब्लग लेखेलगत्तै ३० हजार पाउन्ड रकम जम्मा भएको थियो ।

सामान्यतया नौ वर्षीया बालिका खेल्नमै रमाउँछन् तर पार्था भने ब्लग लेखेरै दैनिक ८० लाख कमाउँछिन् । उनले दैनिक ८० लाख कमाउँने ब्लगको नाम हो नेभरसेकेन्डस् डट ब्लगस्पट डटकम।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।