मंसिर १३ – गाँजा तस्करीको अभियोगमा थाईल्याण्डमा पक्राउ परेका पक्राउ परेका पारसउ शाह केटीसहित पक्राउ परेको रहस्य पनि खुलासा भएको छ ।

उनी नेपालीहरुको महान पर्व दशैंको बेला थाईल्याण्डमा लागू औषध गाजासहित पक्राउ परेका थिए । पक्राउ पछि उनले एक दिन त्यहाँ जेलसमेत बिताउनु परेको थियो भने दोस्रो दिन चाँही एक थाईल्याण्ड नागरिकले उनलाई धरौटीमा रिहा गरेका थिए ।

जो पारस शाह अहिले पनि अदालतको तारेख भने धाईरहेको बताइएको छ ।
सोही घटनाको सम्बन्धमा उनका थप रहस्यहरु खुल्दै गएको हो । थाई केही बेवसाइटहरुले उल्लेख गरे अनुसार सो क्रममा उनी पक्राउ पर्दा केटीसहित पक्राउ परेका थिए । तर केटीको नाम भने अहिलेसम्म खुलाइएको छैन ।

वेबसाइटहरुमा उल्लेख भएबमोजिम कोठामा पुरुष र महिलाबीच झगडापछि होटलवालाले प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात् त्यहाँ प्रहरी आएको र पछि विवाद मिलाउने क्रममा प्रतिबन्धित लागू औषध फेला परेको थियो ।

सो घटनामा ती नाम नखुलाइएकी महिलाले अपराध स्वीकार गरिसकेपनि पारसले भने स्वीकार गरेका छैनन् । पारसले त्यही घटनालाई लिएर दुई पटक अदालतको तारिख खेपिसकेका छन् ।

उनलाई थाई प्रहरीले ३.४ ग्राम गाँजा राखेको अभियोग लगाएको छ । थाई कानुन अनुसार लागु औषध मुद्धा छिनोफानो हुन ३ महिना लाग्नेछ ।

यो पनि पढ्नुहोस
गाजा तस्करीमा, पारस शाह थाईल्याण्डको जेलमा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।