हिन्दुहरुको महान पर्व दशैँको बेला पारस शाह थाइल्यान्डको पर्यटकीय सहर फुकेटबाट पक्राउ परी एक दिन जेल बसेको सार्वजनिक भएको हो ।
केही समाचार संस्थाले उल्लेख गरे अनुसार पर्यटकीय सहर फुकेटमा रहेको उनको निजी निवासमा थाइ प्रहरीले छापा मार्दा ३ दशमलब ४ ग्राम गाँजा फेला पारेपछि पारस पक्राउ परेका हुन् ।
एक महिना अघि पक्राउ परेका पारस अहिले थाइल्यान्डको आई अदालतमा लागुऔषध मुद्धाको तारेख धाइरहेका छन् । पारसलाई थाई प्रहरीले एक रात हिरासतमा राखेपछि त्यहाँका एक नागरिकले ठूलो रकम धरौटी राखेर पारसलाई जेलबाट भने छुटाउन सफल भएको बताइएको छ । त्यसरी पारस हिरासतबाट छुटे पनि अहिले अदालतमा तारेख भने धाइरहेको बताइएको छ ।
पारसले लागुऔषध कारोबारको आरोपमा थाई कानुन अनुसार तारेख धाएर यसको अन्तिम फैसला पर्खन तीन महिला लाग्छ । पारसको पासपोर्ट समेत त्यहाँको प्रहरीले जफत गरेको छ भने तारेखका लागि वारेस इन्कार गरेपछि अदालत समक्ष पारस स्वयम् धाइरहेका छन् । पारसले लागु औषध कारोबार गरेको प्रमाणित भए थाई कानुन अनुसार एक वर्ष कैद वा २० हजार भाट बराबरको जरिवान अथाव दुवै सजाय समेत भोग्नुपर्ने हुन्छ ।
राजतन्त्रात्मक देश थाइल्यान्डको कानुनमा एक नम्बरको लागुऔषध चरेस र हेरोइनसहित पक्राउ परेका लागुऔषध कारोबारीलाई त मृत्युदण्डसम्मको सजाय दिने गरिन्छ । तर पारस शाह भने गाजाको विषयमा पक्राउ परेकाले जेल र जरिवाना भन्दा ठूलो हुन नसक्ने व्यवस्था रहेको छ ।
यता, पारस पक्राउ परेको जानकारी नेपाली दूतावासलाई कात्तिक ११ मै गराइएको भए पनि अझै सम्म यसलाई गुपचुपमै राखिएको थियो ।
युवराज हुँदा देखिनै अपराध र चोरी जस्ता मुद्धामा नेपाल भित्रै पनि पटक पटमक नाम मुछिदै आएका पारस पूर्व युवराज बनेपछि समेत विभिन्न आपराधिक काण्डमा जोडिदै चर्चामा आईरहेका छन् । पारसको यो क्रियाकलापले भने थाइल्यान्डमा पुगेर समेत निरन्तरता पाएको छ ।