मंसिर १२ – नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लोडसेडिङको समयावधि बढाएर हप्तामा ५६ घण्टा पुर्याउने भएको छ ।
यसअघि असोज २९ गतेदेखि हप्तामा ४६ घण्टा विद्युत् भार कटौती हुँदै आएकोमा भोलिदेखि भने हप्तामा ५६ घण्टा विद्युत् भार कटौती गरिने प्राधिकरणले आज जनाएको हो ।
यो सँगै अब प्राधिकरणका अनुसार परिवर्तित तालिकाअनुसार अब हप्तामा पाँच दिन आठ घण्टा, एक दिन नौ घण्टा र एक दिन सात घण्टा लोडसेडिङ हुने भएको छ ।
नदीहरुमा पानीको जलस्तर घट्न गएको कारणबाट माग र आपूर्तिमा असन्तुलन रहेको हुँदा साविकमा हुँदै आएको विद्युत् भार कटौतीको तालिकमा हेरफेर गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
भारतबाट आपूर्ति गरिँदै आएको विद्युत्को आपूर्तिमा कमी गरिएबाट पनि विद्युत् भार कटौती गरिएको बताइएको छ ।