मंसिर ९ – मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले राष्ट्रपति रामवरण यादवलाई सात दिनभित्र कसरी सहमति जुट्न सक्छ त भनेर प्रश्न गरेको छ ।

पार्टी अध्यक्ष मोहन वैद्यले आज दाङ–काठमाडौँ पत्रकार समाजले गरेको पत्रकार सम्मेलनमा राष्ट्रपतिको कदम ठिकै भए पनि सात दिनभित्र सहमतिको सरकार चयन कसरी हुन्छ भनेर प्रश्न गरेको हो ।
नेकपा माओवादीले राष्ट्रपति रामवरण यादवको कदम संविधान बाहिर जान लागेकोले सोच्न बाध्य भएको बताएको छ ।

राष्ट्रपतिको आशय राम्रो होला कार्यक्रममा उनले भने ‘तर सहमतिका लागि गरेको आह्वान विरोधाभासपूर्ण छ ।’

असंवैधानिक सरकारले सिफरिस गरेको बजेट अध्यादेशबाट बजेट ल्याउने, अनि सातदिन भित्र प्रधानमन्त्रीको उम्मेद्वारी माग्ने काम विरोधाभासपूर्ण भएको भन्दै उनले गम्भीर शंका उब्जिएको पनि बताए ।

उनले राष्ट्रपतिको कदम विरोधाभासपूर्ण भएको भन्दै अन्तरिम संविधानको विरुद्धमा कदम चाल्न खोजेको उल्लेख गर्दै आपत्ति पनि जनाए ।

कार्यक्रममा उनले भने- ‘सबै पार्टीबाट सहमति हुन्छ भन्ने मलाई लाग्दैन सहमति नभए राष्ट्रपतिले के गर्छन् ?’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।