काठमाडौं १८ भदौ
नेकपा माओवादी केन्द्रले आगामी मंसिरका लागि तय गरिएको संघको निर्वाचन घोषणा पत्र निर्माण कार्य अघि बढाएको छ ।

माओवादी केन्द्रद्धारा घोषणापत्र निर्माणका लागि बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित संघीय निर्वाचन घोषणापत्र मस्यौदा समितिले घोषणा पत्र निर्माणका लागि सुझाव संकलन सुरु गरेको हो ।

समितिले सुझावका लागि अनुरोध समेत गरेको छ । ‘हाम्रो पार्टीले प्रदेश सभा निर्वाचनको घोषणापत्र तयार गर्ने जिम्मेवारी सम्बन्धि प्रदेश समितिलाई नै दिएको र संघीय प्रतिनिधि सभा निर्वाचनको घोषणापत्र मस्यौदको लागि क. नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा एक मस्यौदा समिति गठन गरी जिम्मेवारी दिएको कुरा पनि यस अघि नै सार्वजनिक गरिसकिएको हो ।’ संयोजक श्रेष्ठद्धारा जारी सुझाव पठाउन गरिएको अनुरोध पत्रमा भनिएको छ, ‘ यस क्रममा यस समिति मजदुर, किसान, श्रमजिवि, बुद्धिजीवि, नागरिक समाजका अगुवा, पेशाकर्मी, प्राध्यापक, चिकित्सक, इन्जिनियर, पत्रकार, शिक्षक, विद्यार्थी, उद्योग व्यवसायी, साहित्यकार कलाकार, समाजसेवी लगायत सबै जनसमुदायलाई संघीय निर्वाचन घोषणा पत्रमा समावेश गर्न आवश्यक महत्वपूर्ण विषयहरुको बारेमा लिखित सुझावहरु उपलब्ध गराई सहयोग गर्नुहुन अनुरोध गर्दछ ।’

समितिले सुझाव उपलब्ध गराउन २५ भाद्रसम्मको समायवाधी समेत तोकेको छ । जसका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर वा इमेलमार्फत सुझाव दिन सकिने समितिले जनाएको छ । जसका लागि इमेल [email protected] अथवा [email protected] मा इमेल गर्न सकिने समितिले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।