मंसिर ३ – रुकुम जिल्ला एमाले गाउँ कमिटिका अध्यक्ष दलबहादुर विष्टले रक्सी खाएको झ्वाकमा श्रीमतीलाई कुट्दा श्रीमतीको खुट्टा भाँचिएको छ ।

पिपल गाउँ कमिटिका अध्यक्ष दलबहादुर विष्टले दुई श्रीमती मध्ये कान्छी श्रीमती गोमतीलाई कुटपिट गरेपछि उनको खुट्टा भाचिएको हो । गम्भिर घाइते भएकी गोमतीलाई अस्पताल पुर्याएपछि उनको खुट्टा भाचिएको बताइएको छ ।

गोमतीको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि अस्पतालले बाहिर पठाउँने बताएको छ । श्रीमानको कुटाइबाट गोमतीका शरीरका विभिन्न ठाउँमा चोट लागेका छन् भने उनको दाँया खुट्टा भाचिएको छ । प्रत्यक्ष दर्शिका अनुसार कुटपिट पछि दलबहादुरले श्रीमतीका कपडामा आगो समेत लगाइदिएका थिए ।

श्रीमतीले उजुर गरे कारबाही हुने भन्दै उनले श्रीमती, छोरा, छोरी र छिमेकीलाई कही कतै उजुरी नदिनु भन्दै उजुरी दिए अझ धेरै कुटपिट गर्ने चेतावनी समेत दिएको स्थानीयले बतएका छन् । उनले कहि कतै उजुरी दिएको थाहा पाएमा ज्यान समेत मार्ने धम्की दिएको जानकारी स्थानीयले दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।