मङ्सिर ३ – श्रीमान्को कुटाइबाट पर्वतको राम्जा देउराली गाविसमा एक महिला बेहोस भएकी छन् ।

राम्जा देउराली–५ का धनबहादुर विकको कुटाइबाट श्रीमती शारदा बेहोस भएकी हुन् । विकले घरायसी झगडामा श्रीमतीलाई शनिबार साँझ कुटपिट गरेका थिए ।

बेहोस शारदालाई उपचारका लागि पर्वत जिल्ला अस्पताल ल्याइएको छ ।

धनबहादुरलाई भने डिमुवा प्रहरी चौकीबाट पुगेको प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक श्याम अर्यालले जानकारी दिए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।