मङ्सिर ३ – अर्घाखाचीमा आफ्नै घरको मिलको पटामा बेरिएर मिल मालिकको ज्यान गएको छ ।
जिल्लाको डिभर्ना–२ भैसीथला सङ्गम चोक निवासी मिल मालिक २८ वर्षीय दीपक भनिने टेकराज आचार्यको आफ्नै घरको मिलको पटामा बेरिएर मृत्यु भएको हो ।
शनिबार साँझ मिलमा मकै पिसाउँदै गर्दा आफ्नो गलबन्दी मिलको पटामा बेरिएर गम्भीर घाइते भएका आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको बताइएको छ ।
दुई वर्षदेखि घर नजिकै एक पसल र कुटानी पिसानी मिल राखी व्यवसाय गर्दै आएका आचार्यका श्रीमती र एक छोरी छन् ।
Comments