मङ्सिर २ – भारतका हिन्दुवादी नेता बाल ठाकरेको शनिबार निधन भएको छ । उनी भारतमा हिन्दुवादी राजनीतिमा बढी मात्रामा चर्चित एवम् विवादास्पद पनि थिए ।

मुटुसम्बन्धी रोगबाट पीडित उहाँको ८६ वर्षको उमेरमा शनिबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिन्दुवादी भारतीय राजनीतिक दल शिव सेनाको संस्थापक रहेका उनको निधनको समाचार शनिबार चिकित्सकले सार्वजनिक गरेका हुन् ।

भारतको मुम्बइमा रहेको उनको निवासमा नै उनको निधन भएको समाचार शनिबार उनका चिकित्सकले अपरान्ह मात्र सार्वजनिक गरेका थिए ।

हजारौंको सङ्ख्यामा उनको निवासमा जम्मा भएका समर्थकहरुका बीच ठाकरेका चिकित्सक जलिल पार्करले उनको निधनको समाचार सार्वजनिक गरेका थिए ।

वरिष्ठ राजनीतिज्ञ ठाकरे भारतका एकजना विवादास्पद राजनीतिज्ञका रुपमा परिचित थिए । हिन्दु धर्मको मात्र व्यापक मात्रामा प्रचार प्रसार गरेका कारण उनी भारतमा विगत केही समयअघिदेखि र पछिल्लो समयको भारतीय राजनीतिमा चर्चामा रहेका थिए ।

उनको अवस्था निकै नै चिन्ताजनक रहेपछि अघिल्लो दिनदेखि नै उनको निवासमा हजारौंको सङ्ख्यामा आफ्ना समर्थकहरुको भिड लागेको थियो । उनका समर्थकहरुले कुनै घटना गराउन सक्नेप्रति मध्यनजर गर्दै प्रहरीले हिजोदेखि नै मुम्बईमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जनाएको थियो ।
उनको निधन भएपछि मुम्बईमा प्रहरीले यसअघिको तुलनामा दोब्बर भन्दा बढीको सङ्ख्यमा प्रहरी खटाएको जनाएको छ । ठाकरेको निधनपछि हुनसक्ने सम्भावित खतराको विषयलाई लिएर सो क्षेत्रमा व्यापक मात्रामा प्रहरी खटाइएको बताइएको छ ।

स्थानीय मराठी भाषी भारतीय नागरिकको भाषा एवम् संस्कृति संरक्षणका विषयमा भारतमा ८६ वर्षीय ठाकरेको शिवसेना दल निकै नै प्रभावकारी बनेको थियो । सोही कारण उहाँको शिवसेना दल भारतमा जातीय एवम् धार्मिक दङ्गा फैलाउने एक पर्यायवाची दल नै बनको थियो ।

उनको अन्तिम संस्कार आज गरिदैँ बताइएको छ । सो शिवसेना दलका संस्थापक एवम् अध्यक्ष रहेकोले उनको अन्तिम संस्कार विशेष रुपमा गरिने तयारी गरिएको जानकारी सो दलले केही समय अघिमात्र दिएको जनाइएको छ ।

सोही अनुरुपको तयारी सो दलले गरेको तथा यसै अनुरुप प्रहरीले पनि हजरौंको सङ्ख्यामा प्रहरी मुम्बईका हरेक नाका एवम् बाटोहरुमा तैनाथ गरेको पनि समाचारमा जनाइएको छ ।

ठाकरेको निधनपछि हिजो साँझ भारतीय पधानमन्त्री डा मनमोहन सिंहले भारतीय जनता पार्टीका नाममा आयोजना गर्नुभएको रात्रि भोजपनि स्थगित गरेको जानकारी दिएको समाचारमा जनाइएको छ ।

उता भारतीय शिवसेना दलका कार्यकारी अध्यक्ष एवम् ठाकरेका छोरा उद्धवले आफ्ना सबै कार्यकर्ताहरुलाई शान्त रहन र कुनै पनि किसिमको अशान्ति हुने काम नगर्न सबै कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एजेन्सी

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।