मंसिर २ – चितवनमा आज आगलागी हुँदा करिब रु ३ लाख बराबरको क्षति भएको छ ।

पश्चिम चितवनको शिवनगरमा आज बिहान भएको आगलागीमा रु ३ लाख बराबरको क्षति भएको हो ।

आगलागीबाट एउटा गोठ जेलर नष्ट भएको र गोठमा रहेका एउटा गाई र भैँसीको पाडोसमेत मरेको छ ।

शिवनगर गाविसको वडा नं ३ स्थित सानो गणेशगञ्जका तुलसीराम कँडेलको घरमा आज आगलागी भएको हो ।

दमकलको सहायताले प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीको कारण भने खुलेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।