मंसिर २ – झापाको अलगअलग स्थानमा दुईजनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
गौरादह–४ बस्ने ४६ वर्षीय अम्मरबहादुर सुनुवारले शुक्रबार आफ्नै घरमा पासो लगाई झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै, चकचकी–७ बस्ने रमेश काफ्लेकी २० वर्षीया श्रीमती दीक्षाले आफ्नै बारीमा रहेको रुखमा सलको पासो लगाई आत्महत्या गरेकी छन् ।
आत्महत्याको कारण खुल्न नसकेको र दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments