मंसिर २ – पाटन अस्पतालको सम्पूर्ण सेवाहरु भोलिबाट सञ्चालनमा आउने भएका छन् ।

पाटन अस्पतालमा आन्दोलनरत शिक्षक कर्मचारीले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि अस्पतालको सम्पूर्ण सेवा भोलिबाट सुचारु हुने भएको हो ।

अस्पतालमा आन्दोलनरत चिकित्सक तथा कर्मचारीले स्थानीयवासी एवम् सरोकारवालाको सुझाव तथा जिल्लास्थित प्रमुख राजनीतिक दलको पहलकदमीको अपेक्षा गर्दै घोषित थप आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएको छ ।

आन्दोलन अन्गर्त भोलिबाट अस्पतालको नियमित बिहान १० देखि ११ बजेसम्म एक घण्टे धर्ना तथा उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्ष प्रवेश निषेधका कार्यक्रम भने जारी राख्ने नै राख्ने भएका छन् ।

यसअघि आन्दोलनरतपक्षले आइतबारदेखि अस्पतालको आपत्कालीनबाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलन गर्ने निर्णय गरेका थिए भने शुक्रबार र शनिबार अस्पतालको आपत्कालीनबाहेकका सबै सेवा उनीहरुले ठप्प पारेका थिए ।

स्थानीयवासी, विभिन्न राजनीतिक दलको आग्रह र उपभोक्ताको सुविधालाई समेत मध्यनजर गर्दै सेवा बन्दको कार्यक्रम फिर्ता लिएपनि नियमित धर्ना तथा उपकुलपति र शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दीको कार्यक्रम भने राजीनामा नआउन्जेलसम्म जारी रहने उनीहरुको भनाई छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।