मंसिर १ – भृकुटीमण्डपमा आफ्नै पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएर फर्कने क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गालामा थप्पड खाएपछि यो घटना चर्चाको शिखरमा पुगेको छ ।
देशमा शान्ति र संविधान नबनेको, हजारौँ शहिदको रगत तथा घाइते तथा बेपत्ता परिवारप्रति अपहेलना गरेको तथा नेताहरु सुखसयलमा रमाउन खोजेको भन्दै जनआक्रोश बढ्दै गएको अवस्थामा आज उनले प्रचण्डले पनि थप्पड खाएका हुन् ।
कसले हान्यो त थप्पड
प्रचण्डलाई थप्पड हान्ने व्यक्ति आफ्नै पार्टीका कार्यकर्ता तथा पूर्व जनमुक्ति सेना र पछि वाईसिएलमा रहेका बागलुङका पदम कुँवर हुन् । उनका नजिकका एक जना साथीका अनुसार- ‘उनले अहिलेसम्म एमाओवादीको पार्टी सदस्य त्यागेका छैनन् ।’ तर पछिल्लो समयमा उनले प्रचण्डले विश्वासघात गरेको भन्दै नैराश्यताको कुरा गर्ने गरेको बताइएको छ । एमाओवादीले क्रान्तिमा विश्वासघात गरेको, शहिद तथा बेपत्ताहरुप्रति गद्धारीपन देखाएको भन्दै हिडेकाले उनले आक्रोशमा आएर थप्पड हानेको धेरैको अनुमान छ ।
देशमा लामो समय राजनीतिक निकास निस्कन नसकिरहेको र भ्रष्टचार, महंगीले डाँडा काटैसँगै नेताहरु भने सुख सयल जिन्दगीमा रमाईरहेको अवस्थामा आजको घटनालाई भने सर्वसाधरणले खुसीका रुपमा लिएका छन् ।
तर, थप्पड हान्ने कुँवर भने एमाओवादीका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका छन् । भिडियोमा हेर्नुहोस
र यो पनि
एक सर्वसाधरणद्वारा प्रचण्डलाई गालामा थप्पड प्रहार, चस्मा नै उछिट्टियो