मंसिर २ – के तपाई आमाको दूध किन्न चाहानु हुन्छ ? चाहानु हुन्छ भने तत्काल अनलाइनमा क्लिक गर्नुहोस् र अडर दिइहाल्नुहोस् ।
 
 तपाईंको घरमै आइपुग्छ आमाको दूध । यो सबै नयाँ प्रविधिको कमाल हो । विकसीत देशका आमाहरुले आफ्ना बच्चालाई दूध किनेर खुवाउँन सक्छन् भने बिक्री गर्न समेत सक्छन् । अमेरिका, क्यानडा, बेलायत जस्ता विकसित देशमा वन्ली द बे्रस्ट डटकमले अनलाइनमै आमाको दूध बिक्री गर्न थालेको हो ।  

वन्ली द ब्रेट  साइटको मध्यस्थकर्तामा जोकोहीले आमाको दूध किन्न र बेच्न सक्ने छन् । अनलाइनमा आमाको दूधको लागि अडर मात्र दिए पुग्छ ।  दूध तपाईंको घरमै डेलिभरी गर्ने समेत वेवस्था गरिएको छ । जुन वेवस्थित डेलिभरी हुन्छ । विकसित देशका केही आमाहरुले आफ्नो दूध विक्री गरेर वर्षमा १० हजार पाउन्डसम्म कमाउने गरेको समेत सार्वजनिक भएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।