प्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दूहरुको महान दोस्रो ठूलो पर्व शुभ दीपावली अर्थात तिहारको उपलक्ष्यमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले परम्परादेखि हर्ष र उल्लासपूर्ण वातावरणमा मनाइँदै आएको नेपालीको महान् चाड दीपावलीले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई दर्शाउने भन्दै शुभकामना व्यक्त गरेका हुन् ।
दीपावलीको अवसरमा दिइएको आफ्नो शुभकामना सन्देशमा उनले महान् चाड दीपावलीले सबै नेपालीलाई खुसी र आनन्द दिन सकोस् र हामी सबैलाई एकताको सूत्रमा बाँधिरहने प्रेरणा दिइरहोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।
सांस्कृतिक विविधताले भरिएको नेपालमा दीपावलीले सबै नेपालीको घर घरमा सुख र शान्ति कायम राख्न सहयोग गर्दै आएको कुरा पनि उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।