प्रधानमन्त्रीले दिए समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई तिहारको शुभकामना

प्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दूहरुको महान दोस्रो ठूलो पर्व शुभ दीपावली अर्थात तिहारको उपलक्ष्यमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले परम्परादेखि हर्ष र उल्लासपूर्ण वातावरणमा मनाइँदै आएको नेपालीको महान् चाड दीपावलीले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई दर्शाउने भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

दीपावलीको अवसरमा दिइएको आफ्नो शुभकामना सन्देशमा उनले महान् चाड दीपावलीले सबै नेपालीलाई खुसी र आनन्द दिन सकोस् र हामी सबैलाई एकताको सूत्रमा बाँधिरहने प्रेरणा दिइरहोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।

सांस्कृतिक विविधताले भरिएको नेपालमा दीपावलीले सबै नेपालीको घर घरमा सुख र शान्ति कायम राख्न सहयोग गर्दै आएको कुरा पनि उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।