कात्तिक ३० – दीपावलीको अवसरमा घर झिलिमिलि बनाउन बालिएको मैन बत्तिका कारण अछामका दुई घरमा आगलागी भएको छ ।

अछामको बिनायक गाविस ६ मा मैनबत्ती सल्कँदा पर्शुराम अधिकारी र वडा नं ५ का मिलन अधिकारीको घरमा आगलागी भएको हो ।

आगलागीबाट २ लाख ५५ हाजर नगद, ल्यापटप, खाद्यान्न कपडा सहित ४ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

आगलागीका कारण पिडित २ परिवारको तिहार पर्व नै अन्यौलमा पर्नुका साथै दुवै परिवारको बिचल्ली भएको स्थानीयहरु बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।