कात्तिक २७ – तिहारको मौकामा तिहार विशेष म्युजिक भिडियो आएको छ बीपी वाग्लेको मधुर बचन एल्बममा समेटिएको ‘आज तिहारको’ (तिहार विशेष) बोलको गीतको म्युजिक भिडियो तिहारकै मौकामा सार्वजनिक सार्वजनिक भएको हो । वाग्लेलाई माण्डवी त्रिपाठीले गायनमा साथ दिएकी छन् । म्युजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् ।
अधिकारीको निर्देशनमा बनेको म्युजिक भिडियोमा रिमा विश्वकर्मा, अनु शाह, शिल्पा पोखरेल लगायत स्थापित कलाकारले अभिनय हेर्न सकिन्छ भने यशराज, रञ्जन रिजाल, किरण लाकौल, रुद्र बोहोरा, अमित पौडेल, सुरज रानाभाटको सामुहिक अभिनयलाई रहेको छ । रेशम विरहीका शब्दमा सजिएको ‘आज तिहारको’ बोलका गीतमा संगीतको स्वाद पस्किएका छन् चेतन चुडालले । तिहारको मौकामा सार्वजनिक भएको तिहारकै गीत समेटिएको म्युजिक भिडियो कस्तो छ त :
Comments