हलिउडको दुनियाँमा नांगिनु सामान्य भइसकेको छ । तर कसरी नांगिँदा बढी चर्चा पाइन्छ भन्ने बढी महत्वको विषय हो ।
यसै क्रममा हलिउडकी सुपर मोडल एलेसांड्रा एम्ब्रोसोले हालै आफ्नी ४ वर्षीया छोरीको साथमा नग्न फोटोसुट गरेकी छिन् । उनले फेसन तथा लगेज फर्म लण्डनका लागि उनकी छोरी अंजाका साथ फोटो सेसन गरेकी हुन् ।
ब्ल्याक एन्ड ह्वाइट उक्त फोटोका बारेमा उनका प्रशंसकहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् । प्रशंसकहरुले ३१ वर्षीया एलेसांड्राले भिक्टोरियाज सेक्रेटमा निकै राम्रो काम गरेको बताएका छन् ।
उनले सञ्चारमाध्यमसँग भनेकी छिन् – ‘एउटा आमा हुनुको नाताले छोरी फोटोसुटमा पूरै छाइन् भने त्यो खुशी नै पूर्ण हुनेछ । यो अति राम्रो फोटोसुट भएको छ । म र मेरी छोरी यो फोटो सँधै याद गरिरहनेछौँ । यो हाम्रा लागि बहुमूल्य सम्पत्ति हो ।’