भारतीय टेलिभिजन कलर्सको रियालिटी शो बिगबोशमा पाहुनाको रुपमा पोर्न स्टार प्रिया राई आउने भनिएको हल्ला निराधर भएको छ ।

यसअघि सलमान खानले हप्ताको दुई दिन सञ्चालन गर्ने बिग बोस ६ मा घरभित्र बस्ने गरी प्रिया आउन लागेकी हुन् भनिएको थियो ।

तर, पोर्नस्टार प्रियाले उक्त कुराको खण्डन गर्दै आफ्नो ट्वीटरमा आफू बिगबोशमा आउन कुरा गलत भएको बताएकी हुन् ।

यसअघि आयोजकले गतवर्ष बन्द घरभित्र पोर्न स्टार सन्नी लियोनलाई भित्र्याएकोमा यो वर्ष भने अर्की पोर्न स्टार प्रियालाई पाहुनाका रुपमा भित्राउन लागेको भनेर व्यपाक हल्ला गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।