भोला थापा क्षेत्री, दोहा, कतार – बैदेशिक रोजगारीको सिलसिलामा आफ्नो परिवारको उज्जल भविष्यको सपना बोकेर गत २६ जुलाई २०१२ मा का दिन कतारमा प्रवेश गरेका तनहुँ जिल्ला, भगवतीपुर गाविस ४ का मोहोरीय निवासी सुजेन्द्र थापाको दुवै मृगौला खराब भएर हाल उपचारको लागि नेपाली दाजुभाईसँग सहयोगको आग्रह गरेका छन् ।
कतारको एक प्रतिष्ठित अल्मीस्नाथ किलीनिङ कम्पनीमा किल्नीयरमा कार्यरत रहेको समयमा एक्कासी बिरामी परे पछि पीडित थापा नजिकैको स्वाथ्य केन्द्र अलखोर हस्पिटलमा जाँच गराउँदा निजलाई उपचार गर्ने डाक्टरले दुवै मृगौला (किड्नि) खराब भएको जानकारी गराएका थिए ।

परिवारमा सानै उमेर विवाह बन्धनमा बाँधिएका उनका लगातार दुई छोरा छोरी भएपछि आफ्नो घरायसी परिस्थितीलाई थेग्ना नसकी थापा मुग्लान पसेका थिए तर आफूलाई यस्तो होला भन्ने सपनामा पनि सोचेका थिएनन् । थापाका ति २ बच्चा तथा श्रीमतीको आर्थिक अवस्था पनि एकदम नै कमजोर भएको र २ बच्चाहरु र श्रीमती समेत उनी माथि नै आश्रित रहेकाले यो अवस्थामा उनलाई नियमित उपचारका लागि पनि आवश्यक रकम जुटाउन गाह्रो भईरहेको जनाउँछन् । उनले नयाँ जीवन पाउनका लागि मृगौला नै फेर्नुपर्ने हुन्छ । तसर्थ सम्पुर्ण नेपाली दाजुभाईहरुलाई सक्दो आर्थिक सहयोग गरिदिनुहुनका लागि हार्दिक अपिल गरेका छन् । देश विदेशमा छरिएर रहनुभएका तनहुँवासी तथा सम्पूर्ण नेपाली दाजु भाई दिदी बैनीको थोरै सहयोगले उहाँको नयाँ जीवन पाउनुको साथै नावालक २ छोराछोरी र श्रीमतीले समेत राहत पाउनेछन् ।

पीडित थापालाई कम्पनीमा कार्यरत साथीहरुले पठाएको भिसामा रु १,१०००० (एक लाख दश हजार) बुझाएर खाना र बस्न समेत कम्पनी को गरि करि ८०० सय रियल लगभग नेरु १९००० प्रति ८ घन्टाको डिउटी अनि ओभर टाईमको पनि ब्यबस्था गरि थापालाई मगाएको कम्पनीमा कार्यरत समाजसेवी कुमार कार्कीले जानकारी दिएका छन् ।

पीडित थापालाई हाल कम्पनीले केही समय हस्पिटलमा राखी कतारमा उपचारको सबै खर्च वेहोरेर आउँदा लागेको रकम एजेन्टले पुन फिर्ताको सहमति गरि कम्पनीमा कार्यरत समाजसेवी कुमार कार्कीको ठुलो सहयोगमा कम्पनीलाई भनि निजलाई नेपाल पठाइएको थियो । पीडित थापा अहिले काठमाडौं बनस्थली स्थित राष्ट्रिय मृगौला हस्पिटल (National kidney center) मा उपचार गराई रहेका र हप्तामा २ पल्ट डाईलोसिस गर्दा एक पल्टको नेरु ४००० (चार हजार) दिनु पर्ने हुँदा आर्थिक अवस्था निकै नाजुक भएका थापाको कुनै आय आर्जन पनि कहिँ कतैबाट नभएकोले सम्पूर्ण साथीभाईहरुलाई यस्तो अबस्थामा सहयोगको आशाको ढोका ढकढकाउन बाध्य भएको निजका नजिकका साथी तथा होटल फ्रेन्डसिप गेष्टहाउसका मेनेजर केन्द्र गौतमले फोन मार्फत जानकारी दिएका छन् ।

पीडित थापालाई सहयोगको गर्न चाहनु हुने सम्पूर्णलाई कतारमा कार्यरत उहाँका मामा होम थापाको मोवाईल नम्बर ५५६२९४०० मा उहाँलाई प्रत्यक्ष भेटी सहयोग गर्न सक्नुहुनेछ । नेपालमा रहेको निजका आफन्त तथा होटल व्यावसायी केन्द्र गौतमलाई पनि नेपालमा रहने सहयोगदाताले उनको दुबै मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न सक्ने पीडित थापाका मामाले बताएका छन् ।
थापाद्वारा जारी सहयोगको अपिल यस प्रकार रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।