कात्तिक २६ – हिन्दुहरुको दोस्रो ठूलो चाड शुभ दिपावली (तिहार) आजदेखि सुरु भएको छ । आज बिहान १० बजेर १८ मिनेटपछि त्रयोदशी तिथि लाग्ने भएकाले तिहार अर्थात यमपञ्चक आजदेखि सुरु भएको हो । त्यसो त आज बेलुकी दीपदान गर्ने गरिन्छ ।

तिहारको तिथि अनुसार भोलि त्रयोदशी उदयकाल रहेकाले बिहान कागपूजा गर्नका लागि उपयुक्त समय रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यसैगरी, पर्सी मंगलबार बिहान कुकुर पूजा र बेलुकी लक्ष्मीपूजा तथा दीपावली गरिनेछ छ भने २९ गते बुधबार गोबर्धन पूजा, गाईगोरु पूजा र बेलुकी म्हः अर्थात आत्म पूजा गरिनेछ ।

३० गते बिहीबार बिहान ११ बजेर २३ मिनेटमा भने भाईटीकाको उत्तम साइत रहेको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।