कात्तिक २५ – विपक्षी पहिलो ठूलो दल नेपाली कांग्रेसकै केन्द्रिय सदस्य सुजाता कोइरालाले आफ्नो पार्टी आन्दोलनका लागि पूर्ण सक्षम नभएको टिप्पणी गरेकी छन् ।
सुनसरीको इनरुवामा आज पत्रकारहरुसँग उनले पार्टीले आन्दोलनको सट्टा सरकारलाई दबाब दिने सम्मको कार्यक्रम मात्रै गर्नुपर्ने राय समेत दिइन् ।
कांग्रेसको नेतृत्व हिजोको जस्तो गिरिजाप्रसाद कोइराला जतिको व्यक्तित्वको हातमा नरहेकाले आन्दोलनले सफलता पाउन नसक्ने उनको भनाई छ ।
सञ्चारकर्मीहरुसँग उनले कांग्रेसले गर्ने आन्दोनले अरु शक्तिलाई फाइदा पुग्ने विचार समेत व्यक्त गरिन् ।
Comments