कात्तिक २५ – बर्दिया जिल्लामा १० किलो चरेशसहित तीन जना महिला पक्राउ परेका छन् ।
आफ्नो शरीरको विभिन्न भागमा लुकाएर भारत लैजादै गरेको अवस्थामा उनीहरु बर्दियाको गुलरिया नेपालगञ्ज सडक खण्ड अन्तर्गत बर्दियाको कालीका गाविस वार्ड न.२ पचासा भन्ने स्थानवाट पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेहरुमा रोल्पाकी कमला घर्ति दाङ घोराहिकी गेमा पुन र माया घर्ति मगर रहेको प्रहरीले जनाएको छ ।
भारतसँग खुला सीमाना जोडिएका स्थानहरुबाट दिनहुँ जसो लागु औषधीको कारोवार भैरहेको सुचना पाएपछि प्रहरीले सर्च अभियान गर्दा उनीहरु पक्राउ परेका हुन् ।
Comments