कात्तिक २५ – एक नेपालीको अपहरण गरेको मुद्धामा विहार विधानसभाका विधायकसहित दुई जना पक्राउ परेका छन् ।

विराटनगरका एक व्यापारीको अपहरणको मुद्दामा काँकडभिट्टास्थित दरबार होटेलबाट विधायक जाकिर हुसेन र उनका सहयोगी भोलाशङ्कर तिवारीलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पछि उनीहरुलाई मोरङ प्रहरी कार्यालयमा चलान गरिएको प्रहरीले बताएको छ ।

विराटनगरका व्यापारी तुलसी अग्रवाललाई २०५९ सालमा विराटनगरको सोमहाटबाट उनीहरुले अपहरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले अभियुक्त हुसेनमाथि मानव बेचबिखन तथा अपहरणको मुद्दा चलाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।