कात्तिक २१ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक विद्यालयहरूमा स्नातकोत्तर नगरेका व्यक्तिलाई पनि प्राचार्य (प्रधानाध्यापक) मा नियुक्ति दिने कार्य रोक्न आज उच्च माध्यमिक शिक्षा परिषद्लाई निर्देशन दिएको छ ।

आयोगले उच्च माध्यमिक परिषद्को विद्यमान कानुनी व्यवस्थाविपरीत कतिपय उच्च माविमा स्नातकोत्तर नगरेका शिक्षकहरूलाई प्रधानाध्यापक बनाइएको उजुरीका आधारमा त्यस्तो निर्देशन दिएको हो ।

परिषद्का उपसचिव डम्बरकुमार बतासले अख्तियारको निर्देशनबमोजिम मातहतका क्षेत्रीय कार्यालयहरूमार्फत आज निर्देशन पठाइएको बताए ।

उनले क्षेत्रीय कार्यालयहरूले त्यस्ता विद्यालय पहिचान गरी कानुनी प्रावधानको कार्यान्वयन भए/नभएको अनुगमन गरी प्रतिवेदन पठाउने जानकारी दिए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।