कात्तिक २० – लागू औषध कारोवारमा संलग्न ३ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँ बानेश्वरबाट खटिएको अप्रेशन टोलिले उनीहरुलाई सो कारोबारमा संलग्न ती तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला सरिखेत पलासे–६ घर बताउने ३० वर्षीय डिलबहादुर मगर, महोत्तरी जिल्ला डाम्हीमडै-९ घर बताउने २६ वर्षीय उमेश चौधरी र महोत्तरी जिल्ला भटोलिया–८ घर बताउने ४२ वर्षीय राजनन्दन साह रहेका छन् ।
उनीहरुलाई कात्तिक १७ गते १ हजार ८० किलोग्राम अवैध लागूऔषध गाँजा (चिप्पड चरेश) सहित काठमाडौं जिल्ला सेतीदेबी–९ चाल्नाखेलबाट उक्त प्रहरी टोलीले पक्राउ गरेको थियो ।
यसअघि जेठ २७ गते पक्राउ परेको गाँजा २ हजार ६ सय ४० किलोग्रामको मुख्य अभियुक्त लक्ष्मी चौधरीको जेठो छोरा उमेश चौधरी र चरेश कारोवारका मुख्य सहयोगी राजनन्दन साह भएको खुल्न आएको छ ।