कात्तिक १९ – गोरखा जिल्लामा आज दुईनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको देउराली गाउँ विकास समिति–९ स्थित घट्टाबेँसीबाट पक्राउ पर्नेमा पक्राउ पर्नेमा ५५ वर्षीय वीरबहादुर बादी रहेका छन् ।
बादीको झोलाबाट २०० ग्राम बारुद र २५० ग्राम सिसाको छर्रा, सात थान केपसमेत बरामद गगरिएको प्रहरीले जनाएको छ । सिकार गर्न हिँडेका वीरबहादुरको बन्दुक चलाउने लाइसेन्स नभएकाले बरामद गरिएको प्रहरीको भनाई छ ।
उनलाई अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।