कात्तिक १९ – राष्ट्रपति डा. रामवरण यादवले बाहिर आएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
राष्ट्रपति रामवरण यादव र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्ता राष्ट्रपतिले यस्तो जनाएका हुन् ।
राष्ट्रपति कार्यालय सितल निवासमा भएको भेटमा राष्ट्रपतिले बाहिर आएको हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।
भेटमा उनले मुलुकलाई निकास दिन राजनीतिक दलले गर्ने निर्णय आफूलाई मान्य हुने समेत जनाएको बताइएको छ ।
उनले सहमति बिना सरकारले बजेट ल्याए उक्त बजेट अध्यादेश स्वीकृत गर्न अप्ठ्यारो पर्ने भन्दै चाँडै दलिय सहमति जुटाउन आग्रह समेत गरेका छन् ।
राष्ट्रपति यादव र अध्यक्ष प्रचण्डबीच झन्डै सवा एक घण्टासम्म भेटघाट भएको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।