कात्तिक १८ – अरनिको राजमार्ग खण्ड अन्तर्गतका दायाँबायाँमा खुलेका विभिन्न होटल तथा रेष्टुरेँन्टबाट सात जना युवक र सात जना युवती पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त थिमीले होटल तथा रेस्टुरेँन्टहरुमा देह व्यापारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अरनिको राजमार्गखण्ड अन्तर्गत लोकन्थलीदेखि साँगासम्मको राजमार्ग दायाँबायाँ खुलेका होटल तथा रेस्टुरेँन्टहरुमा आज छापा मारेको थियो ।

मध्यपुरथिमी नगरपालिका-१३ स्थित बाराही होटल मध्यपुर थिमी-१४ स्थित फूलबारी रेस्टुरेँन्ट र गठ्ठाघरको मिड वे क्याफे एन्ड रेस्टुरेँन्टमा छापा देह व्यापारमा संलग्न महिला, पुरुष तथा होटल सञ्चालक पक्राउ परेका हुन् ।

ती होटल तथा रेस्टुरेँन्टहरु देहव्यापारको रुपमा प्रयोग गरिदैँ आएको भन्ने गुनासाहरु आएपछि प्रहरीले छापा मारेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।