विश्वकै सबैभन्दा महंगो मानिएको घर बिक्रीका लागि खुलाइएको छ । बेलायतमा रहेको जुन घरको मूल्य भने झण्डै १४ अर्ब रुपैयाँ रहेको छ ।

आर्थिक अवस्था कमजोर हुनेहरुका लागि भने यो मूल्य चन्द्रमामा पुग्नु बराबर भए जस्तै भए पनि लण्डनका धेरै अरबपतिहरुले भने यो घर किन्न तारो बनाएको बताइन्छ ।

१० करोड बेलायती पाउण्ड खर्च गरेर बनाइएको उक्त घर २१ हजार ५ सय वर्गफिटमा बनेको छ ।

जुन घरमा ७ वटा बेडरुम छन् भने ९ वटा बाथरुम तथा ११ वा पाहुना कोठा छन् । त्यति मात्रै होइन उक्त घर अत्याधुनिक प्रविधियुक्त छ भने घरमा आइप्याडबाट नियन्त्रण गर्न सकिने विजुलीको व्यवस्था रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।