कात्तिक १७ – प्रहरी जवानहरुका गुनासाहरु अब प्रहरी महानिरीक्षकले सोझै फोन सम्पर्कमा सुन्ने भएका छन् ।
प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले अब महिनामा एक पटक प्रहरीका तल्लो दर्जा जवान तथा हवल्दाहरुका कुरा सुन्ने भएका हुन् ।
प्रहरी जवानसँग आत्मीयता बढाउन, उनीहरुको गुनासा सुन्न र प्रहरीकै कार्यशैलीबारे जानकारी राख्न उनले अबदेखि महिनाको एक घण्टा फोनसम्पर्क मार्फत गुनासाहरु सुन्ने भएका हुन् ।
महानिरीक्षक रानाले जवानहरुको कुरा सुन्नका लागि ९८५१२९०००१ नम्बर समेत छुटाईसकेका छन् ।
देशभर ६० हजार संख्या रहेको नेपाल प्रहरीमा लगभग ४० हजार भने सिपाही र हवल्दार रहेको बताइएको छ ।
अब उनीहरुले नै आफ्ना हाकिमसँग सिँधै आफ्ना गुनासा राख्न पाउने भएका हुन् । यस्तो व्यवस्थाले प्रहरी संगठन भित्र हाकिमले आफ्ना गुनासा नसुनेको भन्ने जस्ता समस्याहरु केही मात्रामा भएपनि हल हुने देखिन्छ ।