कात्तिक १७ – नेपाल संवत् ११३३ को उपलक्ष्यमा भिन्तुना गुथिले शुद्ध चाँदीको सिक्का (भिंगु वहया पाँय म्वः) निष्काशन गरेको छ ।
नेपालभाषाका विद्वान् प्रेमबहादुर कसाःको तस्बिरअङ्कित उक्त सिक्का १५ ग्रामको चाँदीको छ । सिक्का रु एक हजार ८०० मा बिक्री वितरण गरिएको गुथिका पूर्वअध्यक्ष रत्नवीर शाक्यले जानकारी दिनुभयो । नेपाल भाषा मङ्काः खलःका अध्यक्ष पद्मरत्न तुलाधरले बिहीबार उक्त सिक्का सार्वजनिकीकरण गर्नुभएको हो ।
गुथिले नेपाल संवत् ११२५ देखि निरन्तर हरेक वर्ष चाँदीको सिक्का निष्काशन गर्दै आइरहेको छ । यसअघि राष्ट्रिय विभूति शंखधर साख्वा, कविकेशरी चित्तधर हृदय, निष्ठानन्द वज्राचार्य, सिद्धिदास महाजु, योगवीरसिंह कसाः, जगतसुन्दर मल्ल, बौद्धऋषि महाप्रज्ञा र धर्मादित्य धर्माचार्यको तस्बिरअङ्कित सिक्का निष्काशन भइसकेको छ । रासस
Comments