कात्तिक १६ – सिरहास्थित नेपाल भारतको सीमा नजिकै एक प्रहरी चौकीको एक टोलिमाथि तस्करीले गोलि चलाएपछि दोहोरो गोलि हानाहान भएको छ ।
त्यहाँ प्रहरी र गाँजा तस्करीबीच दोहोरो गोली हानाहान भएको हो ।
गोली प्रहार पछि तस्करहरुले प्याकिङ गरिएको गाँजा फालेर भागेका थिए । घटनामा अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
तस्करीको समूहले ५० किलो भन्दा बढी गाजा भारत लैजाने तयारी गरिरहेको जानकारी पाएपछि त्यहाँ अनुसन्धानका पुगेको प्रहरी टोलि र तस्करीको समूहबीच गोलि हानाहान भएको हो ।
Comments