कात्तिक १६ – कारागार भित्र दुषित पानीका कारण ६० भन्दा बढी कैदी बिरामी परेका छन् ।

पाँचथर जिल्ला कारागारमा पानीका कारण कैदीहरु बिरामी परेका हुन् । बिरामीहरुमा पेट र ज्वरो सम्बन्धी समस्या देखिएको बतायएको छ ।

एकपछि अर्को गर्दै कारागारमा भाइरल ज्वरो फैलिएपछि कारागार प्रशासनले कारागारभित्र उपचारको व्यवस्था भने मिलाएको छ ।

बन्दीहरुको संख्या अत्याधिक भएपछि स्वास्थ्यकर्मीलाई भित्रै ल्याएर स्वास्थ्य जाँच र उपचार गरिरहेको बताइएको छ ।

पाँचथर जिल्ला कारागारमा २५ जनाको क्षमता मात्र छ । तर हाल सो कारागारमा एक सय ४१ कैदी राखिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।