काठमाण्डौ, ३ कार्तिक
एकीकृत नेकपा माओवादीले अमिक शेरचन नेतृत्वमा गठन गरेको आथिर्क अनियमिता तथा सम्पति छानविन आयोगले पूर्व प्रतिबद्धता अनुसार आफनो प्रतिवेदन सार्वजनिक नगर्ने भएको छ।
सदस्यको ब्यस्तताका कारण देखाउँदै शेरचन नेतृत्वको सो आयोगले आफनो प्रतिवेदन सार्वजनिक नगर्ने भएको हो। पार्टीको कामले उपत्यका बाहिर नै ब्यस्त हुनु परेकाले प्रतिवद्धता अनुसार आज प्रतिवेदन सार्वजनिक गर्न नसकेको सेरचनले बताए ।
दशैंपछि सदस्यहरुको वैठक सम्पन्न गरेर प्रतिवेदन सार्वजनिक गरिने उनको भनाई छ ।
दुई साता अघि संयोजक शेरचनले पत्रकार सम्मेलननै गरेर कार्तिक ३ गते पार्टी नेतृत्व र अन्य नेतामाथि परेको उजुरी छानविन गरी सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिए ।
६५ वटा उजुरी आएको बताएको सो आयोगले तीन महिना नाघिसक्दा पनि प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन्।
एकीकृत नेकपा माओवादीले अमिक शेरचन नेतृत्वमा गठन गरेको आथिर्क अनियमिता तथा सम्पति छानविन आयोगले पूर्व प्रतिबद्धता अनुसार आफनो प्रतिवेदन सार्वजनिक नगर्ने भएको छ।
सदस्यको ब्यस्तताका कारण देखाउँदै शेरचन नेतृत्वको सो आयोगले आफनो प्रतिवेदन सार्वजनिक नगर्ने भएको हो। पार्टीको कामले उपत्यका बाहिर नै ब्यस्त हुनु परेकाले प्रतिवद्धता अनुसार आज प्रतिवेदन सार्वजनिक गर्न नसकेको सेरचनले बताए । दशैंपछि सदस्यहरुको वैठक सम्पन्न गरेर प्रतिवेदन सार्वजनिक गरिने उनको भनाई छ ।

Comments