कात्तिक ३ – कैलालीमा एउटा भैँसीले समलिङ्गी पाडोको जन्म दिएको छ । कैलालीको धनगढी क्याम्पस रोडका एक किसानको घरमा पालेको भैँसीले दुई यौनाङ्ग भएको पाडो जन्माएको हो ।

किसान पुष्पराज मिश्रले पालेको भैँसीले दुई यौनाङ्ग भएको पाडो जन्माएको हो । मिश्रका घरमा जन्मिएको पाडोको नाभी हुने ठाउँमा एउटा यौनाङ्ग रहेको छ । मिश्रले उक्त पाडोले दुवै यौनाङ्गबाट पिसाब फेर्ने गरेको बताएका छन् ।

मिश्रको घरमा दुई यौनाङ्ग भएको पाडो जन्मिएपछि त्यसलाई हेर्नेको भिड लाग्ने गरेको मिश्रले बताएका छन् । स्थानीय जातको भैँसीले यस्तो पाडोलाई जन्म दिएको हो । स्थानीय वृद्धहरुले वंशानुगत गुणका कारण दुई लिङ्गीय पाडो जन्मिएको बताएका छन् भने पशुसेवा कार्यालयका पशुअधिकारीहरुले भने शारीरिक विकृतिका कारण यस्तो पाडोको जन्म हुने बताएका छन् ।

एउटै पाडोमा दुई लिङ्ग देखेपछि स्थानीय किसान आश्चर्यमा पर्दै आएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।