चितवनका चेपाङ परिवारर्ला दशैँका लागि तीन लाख बराबरको दशैं राहत सहयोग वितरण गरिएको छ ।

दसैँको जोहो गर्न धौधौ परेका चितवनका विभिन्न पहाडी बस्तीका विपन्न चेपाङ परिवारलाई उक्त राहत वितरण गरिएको हो ।

लभ इच अदर नामक संस्थाको संयोजनमा कोरियाली संस्था र अन्य विभिन्न नेपाली संस्थाको सहयोगमा १०५ चेपाङ परिवारलाई रु तीन लाख बराबरको खाद्यान्न सहित लत्ताकपडा वितरण गरिएको हो ।

विश्व खाद्य दिवस र दसैँको अवसरमा आज कोरिया फुड फर द हङ्ग्री इन्टरनेसनलको सहयोगमा चामल, दाल, आलु, प्याज, मसला, तेललगायतका सामग्री १०५ घर परिवारलाई वितरण गरिएको लभ इच अदरले जनाएको छ ।

भोकमरी रोकौँ भन्ने अभियानअन्तर्गत दाहाखानी, काउले, शक्तिखोरलगायत गाविसका विपन्न चेपाङहरुलाई राहत वितरण गरिएको हो ।

आर्थिक सङ्कटका कारण दसैँ मान्न अन्योलमा परेका विकट पहाडी गाविसमा बसोवास गर्ने चेपाङहरु खाद्यान्न सामग्री पाएपछि खुसी भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।