कात्तिक १ – पर्सा जिल्लामा १३ वर्षीया बालिकालाई झारफुक गर्ने बहाना गरेर झाक्रीले नै बलात्कार गरेका छन् ।

ठोरी–१ तीनघरेका ५२ वर्षीय सन्तबहादुर थापामगरले सेढवा–९ भवानीपुरकी बालिकालाई मंगलबार बिहान झारफुक गर्ने बहाना बनाएर बलात्कार गरेका हुन् ।

उपचार गराउन गएकी बालिकालाई मगरले बिहान ९ बजे आफ्नो घरनजिकैको डाँडामा लगेर बलात्कार गरेको बताइएको छ ।
ती बालिका छारेरोगको उपचार गर्न झाक्रीकहाँ पुगेकी थिइन् ।

मंगलबार बिहान झाँक्री मगरले डाँडामा रहेको अकाशदेवीको मन्दिरमा पूजा गर्ने बहानामा बालिकालाई लिएर गएका थिए । मन्दिर नपुग्दै एकान्त ठाउँमा मगरले बालिकालाई कपडा खोल्न लगाई बलात्कार गरेको बताइएको छ ।

बालिकालाई बलात्कार गर्ने झाक्रीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।