असोज २९ – आगलागीबाट घर गुमाएकी सोलुखुम्बुकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् ।
आगलागी हुँदा घरसहित सबै सामान गुमाएकी सोलुखुम्बुस्थित नेचा बेतघारी–७ की गोरीमाया विश्वकर्माले आज झुन्डिएर आत्महत्या गरेको राससले उल्लेख गरेको छ ।
आगलागीबाट घर र सबै सामान नष्ट भएपछि गोरीमाया छिमेकीको घरमा आश्रय लिएर बस्दै आएको बताइएको छ ।
३६ वर्षीया गोरीमाया आज बिहान आश्रय लिएर बसेकै घरको दलिनमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Comments