असोज २९ – भारतमा आज भएको हेलिकप्टर दुर्घटनामा परी त्यहाँ रहेका तीन जनाको मृत्यु भएको छ ।

गोवा राज्यमा भएको हेलिकप्टर दुर्घटनामा परी त्यसमा रहेका भारतीय जल सेनाका तीन जना सदस्यको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सोमबार बिहान सो हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

मुम्बईबाट उडेको सो हेलिकोप्टर गोवाको डबोलिनमा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

चार जनामात्र यात्रु बस्न मिल्ने सो हेलिकोप्टरमा चालक दलका तीनजना सदस्य मात्र रहेका थिए । विमानस्थलमा अवतरण गर्ने क्रममा हेलिकोप्टरमा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

आगोलागेको सो हेलिकोप्टर लगत्तै विस्फोट भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार आगोको ज्वालासहित सो हेलिकोप्टर विस्फोट भएर निकै टाढासम्म पुगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।