असोज २८ – छिमेकीले जबरजस्ती रुपमा गर्दै आएको क्रियाकलापलाई सहन नसकेर झापामा एक महिलाले खुकुरी प्रहार गरी एक पुरुषको हत्या गरेकी छिन् ।
झापा महारानीझोडा– ५ की एक महिलाले छिमेकी पुरुषको गएराति हत्या गरेकी हुन् ।
महारानीझोडा– ५ की कमला विकले सोही स्थान बस्ने ४५ वर्षीय भीमबहादुर अधिकारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
राति १ बजे जबर्जस्ती गर्न खोजेको भन्दै विकले अधिकारीलाई खुकुरी प्रहार गरी हत्या गरेको बताइएको छ । विकले बयानमा यसअघि पटकपटक अधिकारीले जबर्जस्ती गर्दै आएको उल्लेख गरेकी छन् ।
इलाका प्रहरी कार्यालय दमकलाई उधृत गर्दै राससले जनाए अनुसार अधिकारीको टाउकामा गहिरो चोट लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले अभियुक्त विकलाई नियन्त्रणमा लिएको छ ।
Comments