अध्यक्ष प्रचण्डका केही दिनको कार्य संक्षिप्तमा

  •  बुधबार तत्कालीन नेसपाका नेता र हाल नेपाल लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवसहित ६५ सय भित्र्याए
  • मंगलबार सदभावनाका संस्थापक महामन्त्री अनिस अन्सारीसहित सयौं नेता कार्यकर्ता माअाेवादीमा प्रवेश
  • त्यसअगाडी रामचन्द्र झा लगायतका नेता भित्र्याए
  • नयाँ शक्तिका देवेन्द्र पौडेल लगायतको ठूलो समूह पनि माअाेवादीमा मिलाए
  • आज गौर लगायत रौतहटका ४ ठाउँमा पार्टी प्रवेश

काठमाडौं १५ भदौ
प्रचण्ड र रामेश्वर राय
केही दिनदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश दुईमा केन्द्रित छन् । २ असोजको स्थानीय तहको निर्वाचन अभियान केन्द्रित कार्यक्रममा सहभागी हुन उनी प्रदेश दुइमा केन्द्रित बनेका हुन् ।

हेडक्वार्टरकाे कार्यक्षेत्र नै प्रदेश दुई बनाएको माओवादीले अध्यक्ष प्रचण्डसहितका नेताहरूलाई प्रदेश दुइमा कार्यविभाजन गरेकाे छ । प्रचण्डलाइ भने यतिबेला अन्य दलका प्रभावशाली नेता भित्र्याउन भ्याई नभ्याई छ । उनको सचिवालका अनुसार आज गौर लगायत रौतहटका ४ ठाउँमा सयौं नेता तथा कार्यकर्ता पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष प्रचण्डले बुधबार मात्रै तत्कालीन नेसपाका नेता र हाल नेपाल लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवसहित ६५ सय भित्र्याएका थिए ।
त्यस भन्दा अघिल्लो दिन उनले सदभावनाका संस्थापक महामन्त्री अनिस अन्सारीसहित सयौं नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए ।
त्यसो नयाँ शक्तिका रामचन्द्र झा लगायत नेतालाई समेत प्रचण्डलाई भित्र्याई सकेका छन् ।
प्रचण्डले नयाँ शक्तिकै प्रभावशाली नेता देवेन्दू पौडेलसहितको ठूलो समूहलाई समेत माओवादी केन्द्रमा समायोजन गर्न भ्याई सकेका छन् । अहिले माओवादीका लागि पार्टी प्रवेश गर्ने, गराउने लहरले महामेला जस्तै बनेकाे छ ।
माओवादी केन्द्रले यसअघि प्रदेश दुईमा पहिलो शक्ति बन्न सकिने उदघोष सहित चुनावी अभियान चलाएको हो । माओवादी हेडक्वार्टर नै प्रदेश दुईमा खडा गरेको छ । १७ गते सचिवालय बैठक समेत वीरगन्जमा बोलाएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।