रक्सीको उन्मादपछि सुस्मा सुटिङ स्पोर्टमा पुग्दा…

आइटम गर्ल्सबाट ह्वात्तै चर्चामा आएकी नायिका सुस्मा कार्कीपछिल्लो समय उधुम मच्चाउने नायिकाको उपमाका रुपमा चिनिन थालेकी छन् ।

घटना मात्रै केही दिन अगाडीको हो । विषय थियो चलचित्र मेरो जीवन साथीको एक गीतको छायांकन गर्ने । उक्त गीतको छायांकन लागि २१ गते समय दिए पनि नायिका कार्की भने २२ गते मात्रै सुटिङ स्पोर्ट पुगेकी थिइन् । तर उनी जब त्यहाँ पुग्न त पुगिन् तर मदिरा सेवन गरी झ्याप भएको अवस्थामा ।

निर्माण पक्षले दिएको समय अनुसार उनले धोका दिएपछि रिसले चुर भएका निर्माण पक्षले पनि उनलाई केही घण्टा पछि आउनु भन्दै फर्काई दिएको थियो ।

पछि उनी पुनः जब सुटिङ स्पोर्ट पुगिन् त्यहाँ पुग्दा उनी अर्कै अवस्थामा थिइन् । त्यहाँ उनी अलिक बढी बोलिरहेकी थिइन् मदिराको साथ मिलेर । अनि अलिक बढी चञ्चलता पनि देख्न सकिन्थ्यो ।

यस्तै यस्तै हुँदाहुँदै बालाजु ल्याबमा रहेको भर्याङ चढ्ने बेलामा भने उनको टाउको ठोकियो र टाउकोबाट रगत समेत बग्न पुग्यो ।

तत्काल निर्माण पक्षले उनलाई अस्पताल लैजाने तयारी गर्दागर्दै उनका प्रेमीले भने आफैँले सुस्मालाई लिएर हिडेका थिए ।

सुस्मा पछिल्लो पटक बारम्बार विवादमा फस्दै आएकी छन् । कहिले सुटिङ सेट छोडेर हिड्ने त कहिले व्वाईफ्रेण्डले कपडा खोल्न नदिँदा आजित हुने गरेकी सुष्मा यस पटक रक्सीले झ्याप भएर सुटिङ स्पोर्ट पुगेपछिको उक्त घटनाका विषयमा भने बारम्बार यस्तै काम गरेर होला धेरैले भने सामान्य नै मान्न थालेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    Comments are closed.