काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा हालसम्मकै धेरै आवेदन परेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा आइतवार अन्तिम दिनसम्ममा २४ लाख १९ हजारभन्दा बढीले आवेदन दिएका छन् । जुन हालसम्मकै उच्च हो। अझै तथ्यांक रुजु गर्ने कार्य भइरहेकाले आवेदकको संख्या थप हुन सक्ने पनि विक्री प्रबन्धकले बताएको छ ।

यसअघि यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा सर्वाधिक अर्थात् पौने २२ लाख जनाको आवेदन परेको थियो। कम्पनीको आईपीको मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिमा नै विक्री बन्द भएको हो ।

कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गरेको हो । कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।