असोज १६ – महोत्तरीको बर्दिबासमा सोमबार साँझपछि भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको बर्दिबास सडक खण्डमा पर्ने बर्दिबास चोक पश्चिम सशस्त्र प्रहरी बल छिन्नमस्ता गणको बिट नजिकैको पूलमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना १३ प ८१३८ नम्बरको मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही जिल्लाको भारसर–७ का मोहम्मद रसिक मिकरानी र तौफिर रेजा मिकरानी रहेको र दुवैको उमेर ३० र ३५ वर्षको बीचमा रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।